पोखरा,१८ चैत २०८१।
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्टो खनेर गाड्ने निष्ठुरी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
१९ वर्षीया श्रीमती विमला कट्टेललाई घुम्न जाउँ भनी चैत्र १५ गते इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोपस्थित दाहाल गोलाईस्थित जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्टो खनेर गाड्ने कार्यमा संलग्न फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, एक्साभेटर चालक गिरीले उक्त दिन श्रीमतीको हत्या गरेर खाल्टो खनी गाडेपश्चात चैत्र १ गते प्रहरी चौकी आमचोकमा पुगेर श्रीमती विमला कट्टेल हराएको भन्दै खोजीका लागि निबेदन दिएका। थिए। घटना शंकश्पद भएको भन्दै अनुसन्धान शुरु गरेको प्रहरीले श्रीमान उमेश गिरिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो।
प्रहरीले अनुसन्धान पछि गिरीले गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्टो खनेर गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिए।
विमलाको शव चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोप स्थित दाहाल गोलाईबाट गाडेको अवस्थामा प्रहरीले उत्खनन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता सञ्जीव बोगटीका अनुसार, एक्स्काभेटर चालक रहेका उमेश गिरीले गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्याई, मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर शव गाडेका थिए।