पोखरा,१८ चैत २०८१।
गोरखामा सुस्त मनस्थिति भएकी महिला बलात्कृत भएकी छिन। जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ०८, मा जन्मजात सुस्तमनस्थिति भएकी १९ वर्षीया महिला वलात्कृत भएकी हुन्।
उनलाई सोही ठाउँको ४२ वर्षीय सुचन्द्र गुरुङले गएको चैत १४ गते दिउसो दुई बजेको समयमा जबरजस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
गुरुङबिरुद्ध जबरजस्ती करनी सम्बन्धि जाहेरी परेपछि उनलाई पक्राउ गरेर थप अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ।