पोखरा,१५ चैत २०८१।
रूपन्देहीमा एक प्रहरी चौकीका इन्चार्ज ३० हजार रुपियाँ घुससहित पक्राउ परेका छन्। हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्का ३० हजार रुपियाँ घुससहित पक्राउ परेका हुन्।
चौकी इन्चार्ज सई खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरि दिने भन्दै घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका सई खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले दिएकी छिन्।
को जानकारीछ ।” पक्राउ परेका खड्का हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख हुन् ।