पोखरा,९ चैत २०८१।
दाङमा आज एकाबिहानै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–तुलसीपुर सडकखण्डको गुज्रेखोला नजिकै आज बिहान पौने ५ बजेतिर एकापसमा ठोक्किंदा एक युवाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भिर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायका अनुसार सोही दुर्घटनामा परी रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ का ३४ वर्षिय दिपक बस्नेत गम्भिर घाइते भएका छन्।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।