म्याग्दीमा ट्र्याक्टर दुर्घटना : दुईजनाको मृत्यु, पाँचजना घाइते

म्याग्दीमा ट्र्याक्टर दुर्घटना : दुईजनाको मृत्यु, पाँचजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ चैत्र २०८१
  • 8.8K
    Shares

पोखरा,८ चैत २०८१।

म्याग्दीमा बिहिबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग.१त ७१९६ नम्बरको ट्र्याक्टर निर्माणाधीन अवस्थामा रहेको लुलाङ–गुर्जा सडकखण्डअन्तर्गत धवलागिरी गाउँपालिका-२,लुलाङक्ष्थित गुर्जा र लुलाङको सिमानामा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने पाँचजना घाइते भएका छन्।

उक्त दुर्घटनामा लुलाङका २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र १८ वर्षका डेबिन विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाईतेहरुको नाम खुलेको छैन । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बेनी पठाइएको छ ।

उक्त ट्याक्टर सडकबाट एकसय ५० मिटर तल खसेको बताइएको छ।

घटनास्थलमा ताकम प्रहरी चौकीको टोली पुगेको छ । घाइतेको स्थानीयबासी र जनप्रतिनिधीहरुलृ उद्धार गरेर स्वास्थ्य चौकीमा लगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार