गएराती मोरङमा एम्बुलेन्स दुर्घटना : चालकको मृत्यु

गएराती मोरङमा एम्बुलेन्स दुर्घटना : चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ चैत्र २०८१
  • 7.2K
    Shares

पोखरा ,३ चैत २०८१।

कोशी राजमार्ग अन्तरगत मोरङको बूढीगंगा खण्डमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार