पोखरा , १ चैत २०८१।
के तपाईं मोबाइल चार्ज गर्दै हुनुहुन्छ ? करेन्ट ल्ग्ला है, ख्याल गर्नुस। ख्याल नगरी मोबाइल चार्ज गर्न खोज्दा करेन्ट लागेर मकवानपुरमा एक युवाको ज्यान गएको छ।
मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीका ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।