पोखरा, २९ फागुन २०८१।
कालिकोटोटमा गएराती नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा एक जना युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्लाको खाँडाचक्र नगरपालिका–१० चौकीमा बुधबार राति नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका दुइ युवा समूहबीच झडप हुँदा एक जना युवाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन्।
उक्त झडपमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी कृष्ण केसीले जानकारी दिए। सोहि झडपमा परेर १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्।
घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न १८ वर्षमुनिका पाँच जना किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए।