आफूलाई अनाहकमा १८ दिन प्रहरी हिरासतमा राखिएको भन्दै काठमाडौंमा कार्कीले गएराती फेसबुक लाइभमै गरे आत्मदाहको प्रयास

आफूलाई अनाहकमा १८ दिन प्रहरी हिरासतमा राखिएको भन्दै काठमाडौंमा कार्कीले गएराती फेसबुक लाइभमै गरे आत्मदाहको प्रयास


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ फाल्गुन २०८१
  • 7.1K
    Shares

पोखरा, २८ फागुन २०८१।

आफूलाई अनाहकमा १८ दिनसम्म प्रहरी हिरासतमा राखिएको भन्दै काठमाडौंको चन्द्रागिरिका एक व्यक्तिले गएराती आत्मदाहको प्रयास गरेका छन् ।

गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभमा आएर आफ्नो शरीरमा आफैं आगो लगाएको खबर पाए पछि उनको प्रहरीले उद्धार गरेको छ।

हात र अनुहारमा जलेको घाउ रहेका हाल कीर्तिपुरको बर्न अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले जानकारी दिए।

उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार