गएराती तनहुँमा मोटरसाइकल दुर्घटनाग्रस्त : कांग्रेस तनहुँका जिल्ला सदस्यको पौडेलको मृत्यु

गएराती तनहुँमा मोटरसाइकल दुर्घटनाग्रस्त : कांग्रेस तनहुँका जिल्ला सदस्यको पौडेलको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ फाल्गुन २०८१
  • 8.4K
    Shares

गएराती तनहुँमा भएको मोटरसाइकल दुर्घटनामा परेर नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्यको मृत्यु भएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित पृथ्वी राजमार्गमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको हो ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका ५२ वर्षीय पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार