पोखरा, २४ फागुन २०८१।
आज एकाबिहानै म्याग्दिपछी बागलुङमा पनि भूकम्पको धक्का महशुश भएको छ।
म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान ६ बजेर २० मिनेटमा बागलुङमा पनि भूकम्प गएको हो ।
बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।