पोखरा, २० फागुन २०८१।
पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरका एक युवा पोखरा बसपार्कबाट लागू औषधसहित समातिएका छन्।
स्थानीय वर्ष ३७ को उत्तम भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त प्रहरी टोलिले गत शनिबार दिउसो साढे तीन बजेको समयमा अबैध लागू औषधसहित समातेको हो।
अभियुक्त भुजेलको साथबाट अबैध लागूऔषध बुर्फिनर्फिन ६० एम्पुल, डाईजापाम ६० एम्पुल र फेनरागन ६० एम्पुल गरी जम्मा १८० एम्पुल र एक थान मोवाईल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त भुजेलबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।