भाउजूको हत्या गरेर खोटाङमा युवकले गरे आत्महत्या

भाउजूको हत्या गरेर खोटाङमा युवकले गरे आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ फाल्गुन २०८१
  • 7.2K
    Shares

पोखरा, १९ फागुन २०८१।

खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कस्थित दारेगौँडा जंगलमा गएको बुधबार बिहान
जंगलमा मृत भेटिएका सोही ठाउँकी २३ वर्षीया सरिता विष्ट र उनको २० वर्षीय देवर शिखर बस्नेतको मृत्युको कारण प्रहरीले खोजी गरिरहेको छ। तर प्रहरी “भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको’ प्रारम्भिक निष्कर्षमा पुगेको छ। अद्यापि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए।

डीएसपी विष्टका अनुसार , सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो। सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। शिखर र सरिता देवर–भाउजू नाता पर्ने वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए।

गत मंगलबार दारेगौँडा जंगलमा सँगै घाँस काट्न गएका उनीहरु भोलिपल्ट सोहि जंगलमा मृत भेटिएका थिए।

प्राप्त जानकारी अनुसार , गएको फागुन १३ गाउँमा दुईवटा कार्यक्रम थिए। कार्की टोलमा लघु पुराण थियो। नजिकै मगर गाउँमा विवाह थियो।

सरिताका परिवारका पनि कोही लघु पुराणमा कोही विवाहमा गएका थिए। एक महिनापहिले मात्रै वैदेशिक रोजगारीबाट छुट्टीमा फर्किएका उनका श्रीमान् पनि लघु पुराणमा गएका थिए।

घरमा सरिता मात्रै थिइन्। नजिकै ५०/६० मिटरको दूरीमा अर्को एउटा घर छ शिखर बस्नेतको। उनको घरका मान्छे पनि गाउँका यिनै कार्यक्रममा गएका थिए।

दिउँसो २ बजेतिर शिखरले खुकुरी र नाम्लो तथा सरिताले हँसिया र नाम्लो बोकेर सरिता र शिखर घाँस काट्न दारेगौँडा जंगलतिर लागेका थिए। साँझ सबै घर फर्किए। तर घाँस काट्न संगै जंगल गएका शिखर र सरिता घर नफर्किए पछि उनीहरुको रातीदेखि शुरु भएको थियो।

तर भोलिपल्ट बिहान ६ बजेतिर घरभन्दा तलको जंगलमा सरिताको शव फेला पर्‍यो भने सरिताको शव भेटिएको स्थानभन्दा अलि तल्तिर पुगेर प्रहरीको तालिम प्रात्प कुकूर भुक्न थाले। कुकुर भुकेतिर हेर्दा नजिकै एउटा रुखमा शिखर पनि झुण्डिएको अवस्थामा फेला परे।

उनीहरूले घाँस काट्न भनी लगेका नाम्ला डोरी र कचिया खुकुरी पनि त्यहीँ नजिकै थिए। खुकुरी दापमै थियो। तर रगत लागेको अवस्थामा थियो। सरिताको धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिन्थ्यो। उनको घाँटीमा गहिरो चोट थियो। टाउकोमा ५ ठाउँमा र नाडीमा पनि दुई ठाउँमा खुकुरीले हानेको डोब थियो।

शिखरको देब्रे हातमा पनि रगत लागेको थियो। एउटा चप्पल भुइँमा र एउटा उनकै खुट्टामा थियो। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार