पोखरा, १८ फागुन २०८१।
बैतडीमा एक युवाले आफ्नो नाताले दाजु पर्नेलाई गोलि हानेर भागेका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका अन्दाजी ४५ वर्षका कर्ण बिष्टले नाताले आफ्नो दाजु पर्ने सुरेन्द्र बिष्टलाइ गोली हानेर भागेका हुन्।
कर्णले हानेको गोली लागेर गम्भिर घाइते भएका सुरेन्द्रको मृत्यु भएको र कर्ण भने भागेको प्रहरीले जानकारी दिएको छ।
लेनदेनको विषयमा विवाद हुदा कर्णले सुरेन्द्रलाई गोली हानेको प्रहरीले जनाएको छ।