पोखरा, १६ फागुन २०८१।
रुखबाट लडेर घाइते भएको भनिएका सिन्धुलीका एक व्यक्तिको गोली लागेर मृत्यु भएको खुलेको छ।
रुखबाट लडेर घाइते भएको भन्दै केएमसी अस्पताल सिनामङ्गल काठमाडौँमा उपचाररत सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको उपचारकै क्रममा बिहिबार बिहान ८ बजे मृत्यु भए पछि उनको मृत्यु गोली लागेर भएको खुलेको हो।
स्याङ्तानको मृत्यु पछि उनको मृत्यु रुखबाट लडेर नभई भरुवा बन्दुकको छर्रा लगेर भएको खुले पछि उनकै गाउँका २५ वर्षीय बलबहादुर मोक्तान र ४१ वर्षीय लेखबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
जिल्ला प्रहरीले समन्वय गरी प्रहरीवृत्त गौशाला, काठमाडौँबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रनाउ काफ्लेले जानकारी दिए। उपचारमा संलग्न चिकित्सकले प्रहरीलाई योगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको जानकारी दिएका छन् ।
उनीहरुसहितका साथीहरु मिलेर घरेलु बन्दुक लिई शिकार खेल्न जङ्गल गएकामा निज घाइते युगबहादुर स्याङतानलाई बन्दुकको छर्रा लागेर घाइते भएको र उपचारका लागि काठमाडौँ ल्याइएको खुल्न आएको छ। घटनामा संलग्न अन्य व्यक्तिकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ।