पोखरा, १६ फागुन २०८१।
महाशिवरात्रि पर्वका अवसरमा बुधबार पशुपति क्षेत्रमा आएका भक्तहरुको मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा गोरखाका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
गोरखा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २६ गोंगबु बस्ने वर्ष अन्दाजी ३१ को विजय मगर र गोरखाकै बारपाक गाँउपालिका–४ घर भई हाल गोंगबु बस्ने वर्ष ३४ को अभिषेक गुरुङलाई प्रहरीले पशुपति क्षेत्रमा आएका भक्तहरुको मोबाइल चोरी गरेको आरोपमा पक्राउ गरेको हो।
उनीहरूबाट एउटा कालो झोलामा विभिन्न ब्राण्डका १० वटा मोबाइल र चार हजार रुपियाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
बालाजु बसन्तनगर गुम्बा नजिक अस्थायी प्रहरी विट गुम्बाबाट गस्तिमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई सोधपुछ तथा चेकजाँचका क्रममा दुवैजना पक्राउ परेका प्रहरीले बताएको छ।
हाल प्रहरी वृत्त गौशालामा रहेका उनीहरूमाथि चोरी मुद्दामा अदालतबाट पांच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्ता छन् बरामद माेबाइल
१. आइटेल कम्पनीको मोबाइन थान-१
२. भिभो कम्पनीको मोबाइल-१
३. टेक्नो पोभा लेखिएको मोबाइल थाना – १
४. हुम कम्पनीको मोबाइन थान-१
५. हुवावे कम्पनीको मोवाइन थान-१
६. भिभो कम्पनीको मोबाइल थान-१
७. रेड्मी कम्पनीको मोबाइल थान- १
८. सामसङ कम्पनीको मोबाइल थान-१
९. एसीई कम्पनीको कालो रङको सादा मोबाइल थान-१
१०. लाभा कम्पनीलो रातो रहको साठा मोबाइल थान-१