खोटाङमा विवाहित युवती र अविवाहित युवा मृत भेटिए

खोटाङमा विवाहित युवती र अविवाहित युवा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ फाल्गुन २०८१
  • 5.5K
    Shares

पोखरा, १५ फागुन २०८१।

खोटाङको बराहपोखरी गाउँपालिका–१, डाँडाखर्कमा अबिबाहित युवा र बिबाहित युवती मृत भेटिएका छन्।

स्थानीयले गाउँ नजिकै रहेको दारेगौँडा जंगलमा २३ वर्षीया सरिता विष्ट र २० वर्षीका शिखर बस्नेतलाई बुधबार बिहान मृत भेटेका हुन् ।

सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको चोट छ भने त्यसको करिब २५ मिटर टाढा शिखरको शव छ। शिखरको शव झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए।

स्थानीयका अनुसार शिखर अविवाहित हुन भने सरिता विवाहित हुन्। सरिताकी २ वर्षीया छोरीसमेत छिन्। मृत भेटिएका दुवै जना घाँस काट्न भन्दै जंगल गएको खुलेको छ। सरिताको कम्मरमा नाम्लोडोरीसमेत भेटिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार