निमोनियालेग्रस्त गण्डकी प्रदेश प्रमुख भट्ट अस्पताल भर्ना : भेटघाट बन्द

निमोनियालेग्रस्त गण्डकी प्रदेश प्रमुख भट्ट अस्पताल भर्ना : भेटघाट बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० फाल्गुन २०८१
  • 7.5K
    Shares

अस्पतालमा उपचाररत गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट

पोखरा, १० फागुन २०८१।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

पोखराको ओम हस्पिटलमा उपचाररत प्रदेश प्रमुख भट्टमा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। प्रदेश प्रमुख भट्टको स्वास्थ्यमा क्रमिक रुपले सुधारोन्मुख देखिएको प्राप्त छ।
बरिष्ठ छाती रोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरिरहेका छन् । अझै केही दिन प्रदेश प्रमुख अस्पतालमै रहनेछन् ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार निरन्तर खोकी लागेर विहीबार साँझ अस्पताल भर्ना भएका भट्टमा निमोनिया देखिएको थियो ।

अस्पतालमा उपचाररत गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट
अस्पतालमा उपचाररत गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट

चिकित्सकको सल्लाहअनुसार प्रदेश प्रमुखको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै हाल प्रत्यक्ष भेटघाटका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

शुक्रबार बिहानैदेखि साँझसम्म भेटघाट बाक्लिएपछि अस्पतालले स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै भेटघाट बन्द गरिएको डा. आचार्यले बताए ।

साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।

यसैबीच नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले अस्पतालमा उपचाररत प्रदेश प्रमुख भट्टको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार