बिहेको निम्तोमा बाजुरामा झडप : एक युवाको मृत्यु , पाँच जना पक्राउ

बिहेको निम्तोमा बाजुरामा झडप : एक युवाको मृत्यु , पाँच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० फाल्गुन २०८१
  • 8.1K
    Shares

पोखरा, १० फागुन २०८१।

बिहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडप हुँदा बाजुरामा एक युवाको मृत्यु भएको छ।

बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडप हुँदा गम्भीर घाईते भएका बुढीगंगा नगरपालिका-८ डुंग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापाको मृत्यु भएको हो।

झडपका क्रममा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बोहराले जानकारी दिएको छ।

प्रारम्भिक सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेर घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-७ का खेमराज विष्ट, लोकेन्द्र खड्का, दीर्घ विष्ट रहेका छन्। अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका भए पनि प्रहरीले उनीहरुको नाम खुलाएको छैन।

बिहेको निम्तोमा केकारण झडप भएको हो, भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार