खोसिएका प्रहरी हतियार भेटिए

खोसिएका प्रहरी हतियार भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ फाल्गुन २०७३
  • 8.5K
    Shares

रुपन्देहीको मर्चवार क्षेत्रमा ५ दिन अघि स्थानीय वासीन्दा र सुरक्षाकर्मी बिच झडपका क्रममा खोसिएका प्रहरीको सवै हतियार आज बिहान फेला परेको छ । रुपन्देहीका एसपी रबिन्द्र धानुकले मर्चवार क्षेत्रको बगौली प्रहरी चौकी नजिकैको सिलौटिया गाँउस्थित गहुँबारीबाट गत आईतवार खोसिएका सवै हतियार फेला परेको जानकारी दिए ।

गत आईतवार झडपका क्रममा एउटा एसएलआर, एक थान ग्यास गन, एक थान म्याग्जीन, ७ राउण्ड गोली र ५ राउण्ड अश्रु सेल खोसिएका थिए । जसमध्ये एसएलआर सोही दिन साँझ फेला परेपनि अन्य हतियार फेला परेका थिएनन् ।

पक्राउ परेका सिके राउतको रिहाई र अघिल्लो दिन सुरक्षाकर्मीसंगको झडपका क्रममा पक्राउ परेका स्थानियको रिहाईका लागि दबाब दिन निकालिएको बिरोध प्रदर्शनका क्रममा आईतवार बगौली प्रहरी चौकी नजिकै झडप हुदा मर्चवार क्षेत्र तनावपुर्ण बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार