काठमाडौंको दुइ सरकारी कार्यालयमा प्रहरीको छापा, दुइ दर्जनबढी बिचौलिया पक्राउ

काठमाडौंको दुइ सरकारी कार्यालयमा प्रहरीको छापा, दुइ दर्जनबढी बिचौलिया पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ पुष २०७९
  • 13.1K
    Shares

काठमाडौंमा दुइ दर्जन बिचौलिया पक्राउ

काठमाडौं यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालयमा प्रहरीले छापा मारेको छ।

बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद थप गर्ने प्रहरीले तयारी गरिरहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार