जाजरकोटको भेरीमालिका नगरपालिका–४ बोहरा की २४ वर्षीय राधिका सुनारको हत्यामा जिल्ला प्रहरी कार्यालय जाजरकोटको मुद्दाफाँटमा कार्यरत प्रहरी हवल्दार कमल बिकको संलग्नताको पुस्टि भएपछी आक्रोशित स्थानीय बासिन्दा प्रहरीविरुद्ध आन्दोलित भएका छन् l गत शनिवार राती जाजरकोटको पासागाड खोलामा खुकुरी प्रहार गरी सुनारको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले आफ्नै कार्यालयमा कार्यरत प्रहरी हवल्दार कमल बिकलाइ पक्राउ गरी कानुनि कारबाही चलाएपछि आक्रोशित स्थानीय बासिन्दा प्रहरीविरुद्ध आन्दोलित भएका हुन् l
आन्दोलित आफन्तजन र सदरमुकामका महिलाहरुले हत्यारालाई कडा कारवाही गर्नु पर्ने, मृतकका बालबालिकाको शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासको ब्यबस्था गर्नु पर्ने जस्ता मागहरु राखेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् ।
यसभन्दा अधि प्रहरीले २४ वर्षीय राधिका सुनारको हत्यामा संलग्न रहेको आरोपमा सुर्खेतस्थित नरसिंह दल गणमा सिपाहीमा पदमा कार्यरत उनकै श्रीमान दलबहादुर सुनारलाई पक्राउ गरेको थियो l राधिकाको हत्या भएपछी अनुसन्धानमा लागेको प्रहरीले मृतक राधिका सुनारसंग रहेको मोबाईल नम्बरको कल डिटेल हेरेर उनको हत्यामा प्रहरी हवल्दार कमल बिक रहेको हुनसक्ने आशंका गरी आबस्यक अनुसन्धानका लागि हिरासतमा लिएको छ भने उनको श्रीमान दलबहादुर सुनारलाई हिरासतमुक्त गरेको छ l
प्रहरीका अनुसार भेरीमालिका नगरपालिका–४ स्थित पासागाड खोला नजिक २४ वर्षीय राधिका सुनारको शनिवार राति हत्या भएको हो। महिलाको पेटमा छुरा रोपिएको र हातका आैंला काटिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए। घटनाको प्रकृति हेर्दा लखेटी लखेटी मारिएको देखिएको रिमालले बताए।
