कुलमानमाथि खनियो कर्मचारी संघ, सरुवाको रमाना पत्र नबुझ्न अपील

कुलमानमाथि खनियो कर्मचारी संघ, सरुवाको रमाना पत्र नबुझ्न अपील


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ माघ २०७३
  • 17.3K
    Shares

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले हालै भएको कर्मचारी सरुवाको विरोध गरेको छ । संघले प्राधिकरणको नेतृत्वमाथि कर्मचारीलाई विद्युत चोरको पगरी गुथाएर कसैको उक्साहटमा गलत मनसायले सरुवा गरेको दाबी गर्दै रमाना पत्र नबुझ्न कर्मचारीलाई आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कुलमान घिसिङले हालै मात्र झण्डै २६ सय कर्मचारीको सरुवा गरेका थिए ।

प्राधिकरणको विनियमावली अनुसार लामो समयदेखि सरुवा हुन सकेको थिएन । र, मिटर उल्टो घुमाएर विद्युत चोरी गर्ने तथा लोडसेडिङ बढाउने कार्यमा प्राधिकरणकै कर्मचारी संलग्न भएको खुलेपछि यो सरुवा भएको थियो ।

कर्मचारी संघले भने चुनावी अंकगणितलाई हेरेर कर्मचारी सरुवा भएको दाबी गरेको छ । आगामी फागुन १८ मा प्राधिकरणमा अधिकारिक ट्रेड युनियनको चुनाव हुन लागेको भन्दै संघले भनेको छ, जित-हारको अंकगणितीय हिसावले क्षणिक स्वार्थका लागि आम कर्मचारीलाई आतंकीत तुल्याउादै ठूलो संख्यामा कर्मचारी सरुवा गर्नु विडम्बना हो ।’

 

चुनावी परिणामलाई असर पार्ने गलत मनसायले कसैको उक्साहटमा यो सरुवा भएको संघको दाबी छ ।

उसले कर्मचारी सरुवा भएमा २१ दिनभित्र रमाना पत्र लिएर जान पाउने अधिकार भएपनि सरुवा पत्र र रमाना पत्र एकैसाथ लिन बाध्य पारेको आरोप लगाएको छ ।

अध्यक्ष जर्नादन भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि जबर्जस्ती रनामा बुझाउने प्रयास गरिएमा त्यसको प्रतिकार गर्न र संघको अर्को निर्णय नआएसम्म रवाना नबुझ्न कर्मचारी साथीहरुलाई अनुरोध गर्दछौं ।’

प्रतिक्रिया