पोखरा ५ जिरोबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

पोखरा ५ जिरोबाट अवैध लागूऔषध सहित २ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०७७
  • 4.9K
    Shares

जिल्ला प्रहरी कार्यालय कास्की

कास्की – पोखरा महानगरपालिका-५ जिरो किलोबाट अवैध लागूऔषध सहित २ जनालाई शनिबार बिहान कास्की प्रहरीले पक्राउ गरेको छ ।

४ किलो गाँजा सहित पक्राउ पर्नेहरूमा १ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका-१ घर भएका २२ वर्षीय अर्जुन घर्ती मगर र स्याङ्जा पुतली बजार नगरपालिका-१४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार