अकस्मात बिरामी भएपछि वडा अध्यक्षको निधन

अकस्मात बिरामी भएपछि वडा अध्यक्षको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०७७
  • 9.3K
    Shares

जनकपुरधाम । धनुषामा जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तहका जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो ।

५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडिटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार