बुटबलमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन । बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
११ वर्षीया बालिकालाई गत बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।