स्कुटर जलाएको अभियोगमा स्याङ्जामा २८ वर्षीय रबिन क्षेत्री पक्राउ

स्कुटर जलाएको अभियोगमा स्याङ्जामा २८ वर्षीय रबिन क्षेत्री पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ पुष २०७७
  • 7.2K
    Shares

रबिन क्षेत्री पक्राउ

स्कुटर जलाएको अभियोगमा स्याङ्जामा एक युवा पक्राउ परेका छन् । स्याङ्जाको आँधीखोला गाँउपालिका वडा नं ३ बस्ने २८ वर्षीय रबिन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, गत पुष १४ गते राती आँधीखोला गाँउपालिका वडा नं २ मुडुवाका खिमानन्द सापकोटाको घर नजिकै पार्किङ गरी राखेको ग.४ प. ९६३७ नम्बरको स्कुटर जलेको अवस्थामा भेटिएको थियो । सो स्कुटर रबिनले जलाएकोे अनुसन्धानबाट खुलेको पछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।

पक्राउ परेका युवारबिन क्षेत्रीलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत स्याङ्जा जिल्ला अदालतमा आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालेको बताइएको छ। स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले त्यस स्कुटरमा किन आगो लगाइएको हो भन्ने बारेमा केही खुलाएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार