पार्टी छाडेका मधेशी नेताले जसपा नेता राजेन्द्र महतोलाई कालोझण्डा देखाए

पार्टी छाडेका मधेशी नेताले जसपा नेता राजेन्द्र महतोलाई कालोझण्डा देखाए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ पुष २०७७
  • 8K
    Shares

पार्टी छाडेका मधेशी नेताले जसपा नेता राजेन्द्र महतोलाई कालोझण्डा देखाए

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डाको सामना गर्नुपरेको छ।

विघठित प्रतिनिधि सभाका सदस्यसमेत रहेका महतोलाई हालै मात्र सत्तारुढ नेकपा ओली समुहमा प्रवेश गरेका मधेशी नेताहरुले जनकपुरधाममा कालो झण्डा देखाएका हुन्।

नेता महतो पार्टीले आयोजना गरेको विरोधसभामा प्रमुख आतिथिको आसन ग्रहण गर्न जाँदै गर्दा जनकपुरस्थित भानु चोकमा कालो झण्डा देखाइएको हो ।

विगतमा मधेस आन्दोलनको क्रममा नेता महतोले आन्दोलन सफल भएमा मधेसी शहिदको सपना पुरा गर्ने र शहिदका परिवारलाई ५०÷५० लाख रुपैयाँ नगद राहत दिने घोषणा गरे पनि आफ्नो घोषणा कार्यान्वयनमा बेवास्ता गरेका कारण महतोलाई कालो झण्डा देखाएर विरोध गरिएको राउतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार