बागलुङमा पिक अप जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

बागलुङमा पिक अप जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ पुष २०७७
  • 5.4K
    Shares

पुर्व राज्यम्त्री विनोदकुमार शाह चढेको जीप दुर्घटना

बाहुन गाउँमा कुलपूजा गरेर घरतर्फ फर्किएका यात्री चढेको पिकअप जीप बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । फाइल फोटो

प्रतिक्रिया
सम्बन्धित समाचार