बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडी बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना हुँदा पुर्व राज्यम्त्री विनोदकुमार शाहसहित पांच जना घाइते भएका छन्।
पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाह सवार बा २१ च ४७४६ नम्बरको जीप सोमबार दिउँसो दुर्घटना हुँदा उनी र उनकी श्रीमती लक्ष्मी शाहसहित पांच जना घाइते भएका हुन्। सो दुर्घटना परेर विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।
चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरी चौकी चेपाङले जानकारी दिएको छ। भट्टका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।