अज्ञात समुहले गण्डकी प्रदेशका सांसद एबम प्रदेश सभा अन्तरगतको प्रदेश मामिला समितिका सभापति कृष्ण थापाको गाडी तोडफोड गरिदिएका छन्। तोडफोडबाट उनी चढ्ने गरेको ग१झ ३७१ नम्बरको स्कोरपियो गाडीको पछाडिको सिसा फुटेको छ।
आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको कार्यक्रममा सहभागी हुन बागलुङको बरेङस्थित बाटाचौर पुगेका बेला शुक्रबार राती उनको गाडीमा तोडफोड गरेको उनले आफ्नो फेसबुक स्टाटस मा उल्लेख गरेका छन्।
राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले समिति सभापतिको हैसियतमा प्रयोग गर्दै आएको गाडीको सिसा फुटायो भन्नेबारे यकीन हुन नसकेको सांसद थापाले बताए । बाटोचौरमा राति ९ बजे पुगेपछि गाडी राखेर सुत्न गएको तर बिहान उठेर आई हेर्दा गाडी तोडफोड भएको उनले जानकारी दिए।


