निकुञ्जको सडकमा पाटे वाघद्वारा मोटरसाइकल यात्री माथि आक्रमण:आमा बेपता, छोरा घाइते

निकुञ्जको सडकमा पाटे वाघद्वारा मोटरसाइकल यात्री माथि आक्रमण:आमा बेपता, छोरा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ पुष २०७७
  • 5.6K
    Shares

निकुञ्जको सडकमा पाटे वाघद्वारा मोटरसाइकल यात्री माथि आक्रमण:आमा बेपता, छोरा घाइते राष्ट्रिय निकुञ्ज

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ ।

आमाछोरा मोटरसाइकलमा घरतर्फ गैरहेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ ।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाकाे खोजी गरिरहेको तर अझैसम्म पनि महिलाकाे अवस्था पत्ता नलागेकाे बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसैबीच अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार