सेती नदीको पुलबाट खसेर महिलाको मृत्यु, पहिचान खुल्न बाँकी

सेती नदीको पुलबाट खसेर महिलाको मृत्यु, पहिचान खुल्न बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० पुष २०७७
  • 5.1K
    Shares

पोखरामा शुक्रबार दिउँसो सेती नदीको पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

पोखरा वडा नं २९ पटनेरी र वडा नं ३३ बागमारा जोड्ने पटनेरी स्थित सेती नदीको पुलबाट दिउसो १२.५५ बजे खसेर एक महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले दिएको जानकारी अनुसार, मृतक महिला अन्दाजी वर्ष ५१ की जस्ती देखिन्छिन भने उनको पहिचान हुन् सकेको छैन।

पुलबाट खसेकी महिलाको सेतीनदी किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार