क्यानन भिडियो क्यामरा चोरी गरेको आरोपमा पोखराबाट दुई युवा पक्राउ

क्यानन भिडियो क्यामरा चोरी गरेको आरोपमा पोखराबाट दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० मंसिर २०७७
  • 7.1K
    Shares

क्यानन भिडियो क्यामरा चोरी गरेको आरोपमा पोखराबाट दुई युवा पक्राउ

पोखरामा क्यामरा चोरी गरेको आरोपमा पोखराबाट दुई जना युवाहरु पक्राउ परेका छन् ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्तहरुमा रोल्पा घर भइ हाल पोखरा ५ जिरो किमीमा बस्दै आएका १९ वर्षीय दीपक मगर तथा पोखार २२ पुम्दीभुम्दीका १९ वर्षीय अनिष बराल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, उनीहरुले यही मंसिर २३ गते पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीका प्रवीण वैद्यको घरबाट २ लाख ५० हजार मुल्य बराबरको क्यानोन क्यामरा चोरी गरेका थिए ।

पक्राउ परेका उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार