प्रतिकारत्मक तस्विर
एक हप्ता अघि मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति सेतीमादी नदीमा मृत अवस्थामा भेटिएका छन् ।
व्यास-२ वागबजारस्थित एक रेष्टुरेन्टमा खाजा खान पसेका उनले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो। तर उनी तनहुँ घिरिङ -४ का ३० वर्षीय बलसिंङ राना शनिवार दिउसो मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
तनहुँ – तनहुँ ऋषिङ गाउँपालिका-१ स्थित सेती नदीको बीच भङ्गालोमा मृत फेला परेका रानालाई एक रात प्रहरी हिरासतमा राखेपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा लगेर कागज गरेपछी छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँको दाबी छ।
प्रहरीले प्रशासनमा लगेर कागज गरी छाडेको भनेपनो त्यसपछि उनी बेपत्ता भए , घर पनि पुगेनन्। आफन्तले प्रहरीले परिवारलाई नबुझाइकनै उनी बेपत्ता भएकाले यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने माग गरेका छन्। ‘हामीलाई भोलिपल्ट भेट्न जाँदा गैसक्यो भनियो,’ उनका दाइ बमबहादुरले भने,‘पछि साँझ रिहा गरेको भनियो। परिवारको जिम्मा नै नलगाई कसरी रिहा हुन्छ ?’
उनले प्रहरीबाट आफन्तले नबुझिकन नै उनी बेपत्ता भएकाले घटनाबारे सत्यतथ्य अनुसन्धान हुनुपर्ने माग गरे। तर प्रहरी उपरीक्षक अरुण पौडेल ‘”प्रशासनबाटै रिहा भैसकेका राना ‘झोला र सामान लिन आएको” तर पिसाब फेर्न भनि निस्केपछि नआएकाले खोजी थालेका थियौं।’ भन्छन। त्यही खोजीका क्रममा नदीको बीच भागमा अड्किएको उनको शव नेपाली सेनाको कालीभञ्जन गणका सैनिकले डोरीले तानेर झिकेको छ।
दाजु बमबहादुरले परिवारका सदस्य भेट्न जाँदा नभएको भनिनु र पछि साँझ निस्केको भनिनुले आफूहरुले घटनालाई शंकास्पद मानेको बताए। ‘यसको निष्पक्ष छानबिन हुनु जरुरी छ,’ उनले भने।