वालिङस्स्थित डुम्रे भञ्ज्याङमा ईट्टा बोकेको ट्रक दुर्घटना, आठ जना घाइते

वालिङस्स्थित डुम्रे भञ्ज्याङमा ईट्टा बोकेको ट्रक दुर्घटना, आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ मंसिर २०७७
  • 5.1K
    Shares

ईट्टा बोकेको ट्रक दुर्घटना

रौतहटबाट ईट्टा लिएर पर्वतको हुवासतर्फ जादै गरेको एक ट्रक बुधबार साँझ स्याङ्जाको वालिङस्स्थित डुम्रे भञ्ज्याङमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

वालिङ नगरपालिका-१४ वालिङ–हुवास भित्री सडकखण्डको डुम्रे भञ्ज्याङमा ईट्टा बोकेको ना६ख २०९४ नंम्बरको ट्रक घुम्तीमा मोड्ने क्रममा दुर्घटनामा परेकोप्रहरीले जानकारी दिएको छ। त्यस ट्रक सडकबाट ५० मिटर तल खस्न जाँदा ट्रकमा सवार ८ जना घाइते भएका हुन् । घाइतेहरुमध्ये ट्रक चालक जिल्ला रौतहट डुमरिया निवासी ३५ वर्षीय गंमिरा साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार