वडाध्यक्षसहित जुवा खालबाट १२ जना पक्राउ परेका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा ७ का वडाध्यक्षसहित त्यहाँका निर्माण व्यवसायीहरु प्रहरी नियन्त्रणमा परेका हुन् । वडाध्यक्ष मोहनप्रसाद पाण्डे, युवा संघका नेता राजु पाण्डेलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु रेसुङ्गाकै एभरग्रिन होटलमा तास खेलिरहेका थिए ।
प्रहरीले उनीहरुको साथबाट ७० हजार नगदसमेत बरामद गरेको छ ।