पोखरामा बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

पोखरामा बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 9.2K
    Shares

पोखरामा एक युवकको करेण्ट लागेर मृत्यु भएको छ ।

पोखरा-५ स्थित आफ्नै किराना पसल अगाडि बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेपछि पोखरा-२३ ठुलाखेत घरभई पोखरा-५ माछापुच्छ«े टोलमा किराना पसल गर्दै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेण्ट लागेर मृत्यु भएको हो ।

सोमबार बिहान ११।३० बजे करेण्ट लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पोखराको गैह्रापाटन स्थित फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले ११।५० मा मृत घोषणा गरेका थिए । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार