पोखरा – कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।
योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । यदपी स्वास्थ्य निर्देशानलयले भने अहिले सम्म पुष्टि गरेको छैन ।
हामीले यो समाचार अनलाइन खबरबाट साभार गरेका हौ ।