पोखरामा प्री-आइशोलेसन वार्डमा एक महिलाको उपचार क्रममा मृत्यु पछी कोरोना पुष्टि

पोखरामा प्री-आइशोलेसन वार्डमा एक महिलाको उपचार क्रममा मृत्यु पछी कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०७७
  • 2.9K
    Shares

आश तमु पोखरा । शुक्रवार पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री- आइशोलेसन वार्डमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

असोज ३० गते अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि आएकी पोखरा ३ की ५६ वर्षीया महिलाको प्री- आइशोलेसन वार्डमा उपचारको क्रममा राति ९ :१५ मा मृत्यु भएकोमा कोभिडको आशंकामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएको प्रतिष्ठानका निर्देशक सहप्रा। डा। अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार