आश तमु पोखरा – पोखरामा शनिवार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणममा १४ वडाका ३० जनामा कोरोना पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा पोखराका ३० सहित गण्डकी प्रदेशमा थप भएका नयाँ ४६ जना पुष्टि भएको छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका, वार्ड नं २९ का ३४ बर्षीय पुरुषको ग्रीन पास्चर अस्पताल, पोखराबाट, वार्ड नं। ११, १६, २२, ९, ७, २७ र २ का ३२, २०, २५, २४, ३५,२६, २२, ३२, ५, ५२, २२, ४७, ३२ बर्षीय महिलाहरु र २४, २९, ३० बर्षीय पुरुषहरुको गण्डकी मेडिकल कलेज, पोखराबाट र तनहुँ जिल्ला, बन्दीपुर-१ का ५३ बर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखराबाट नमुना संकलन गरिएको हो।
पोखरा महानगरपालिका- २९, १९ र १६ का ३७, २०, ४४, ४५ बर्षीय पुरुष र ३० बर्षीय महिला, साथै गोरखा जिल्ला, गोरखा-११ का ३९ बर्षीय पुरुष भारतबाट आआएका हुन । नवलपरासी (ब।सु।पू।) जिल्ला, गैंडाकोट-४ का ४१ बर्षीय पुरुष साउदीबाट आउनुभएको हो । अन्य सबै संक्रमित contact tracing बाट पहिचान भएको हो ।
यसै गरी गोरखा जिल्ला, गोरखा-८ का ४२ बर्षीय पुरुष नेपाल आर्मी र वार्ड नं। ७ का २९, ३६ र २५ बर्षीय पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन ।संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशानलयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या ५५४७ पुगेको छ ।

