नौ महिने बालिका सहित पोखरा महानगरपालिकामा २७ जनामा कोरोना पुष्टि,कहाँ कति ?

नौ महिने बालिका सहित पोखरा महानगरपालिकामा २७ जनामा कोरोना पुष्टि,कहाँ कति ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०७७
  • 3.9K
    Shares

पोखरा – पोखरा महानगरपालिकामा २७ जना सहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा सहित लमजुङ, स्याङ्जा र म्याग्दीका एकएक गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरीएको परीक्षणमा पोखरा महानगरपाकिलाका वडा नं १ का २ पुरुष, वडा नं २ का १ पुरुष वडा नं ३ का एक पुरुष, वडा नं ४ का दुई पुरुष, वडा नं ५ का एक महिला, वडा नं ७ का दुई महिला, वडा नं ८ का दुई महिला, वडा नं ९ का एक पुरुष र एक महिला, वडा नं १० का एक पुरुष, वडा नं ११ का एक महिला र एक पुरुष, वडा नं १२ का एक पुरुष, वडा नं १३ को एक पुरुष, वडा नं १४ का एक पुरुष, वडा नं १७ का तीन पुरुष र एक महिला, वडा नं २० का एक पुरुष, वडा नं २८का एक पुरुष, वडा नं ३३ मा नौ महिने बालिका तथा पोखराका एक वडा नखुलेका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कोरोना पुष्टि हुनेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं ५ का एक पुरुष, स्याङ्जा हरिनास गाउँपालिका वडा नं ६ का एक पुरुष, लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका वडा नं ४ का एक पुरुष रहेका छन् ।

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशानलयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ५५०१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार