नवलपुरमा मात्रै ३८ संक्रमित,गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जनामा कोरोना

नवलपुरमा मात्रै ३८ संक्रमित,गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जनामा कोरोना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०७७
  • 3.6K
    Shares

गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा नवलपुरका सबैभन्दा धेरै छन् । नवलपुरमा मात्रै ३८ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । थपिने देबचुलीका  १३, गैडाकोटका १८ र कावासोतीका ६ जना रहेका छन् । 

त्यसैगरी अन्य संक्रमितमा बागलुङका सात,तनहुँका छ ,गोरखाका पाँच र लमजुङका तीन जना छन् । 

योसंगै प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय ३४ पुगेको छ । गण्डकी प्रदेशमा बिहीबार मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै एक सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार