कोभिड–१९ : पोखरामा एक महिला सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

कोभिड–१९ : पोखरामा एक महिला सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०७७
  • 2.9K
    Shares

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक महिला सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत स्याङजा भिरकोट २ की ५२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ९ :३४ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

त्यसै गरी निर्देशनालयले कोरोनाबाट तनहुँ भिमाद -६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेज असोज १९ गते, भिमाद – ६ कै ७५ वर्षीय पुरुषको बी एण्ड बी हस्पिटल काठमाण्डौमा असोज २४ गते तथा भिमाद ६ कै अर्का ९८ वर्षीय पुरुषको मेडीसिटी हस्पिटल काठमाण्डौमा असोज २५ गते मृत्यु भएको जानकारी गराएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार