फेवातालमा डुबेर २२ वर्षीय युवकको मृत्यु

फेवातालमा डुबेर २२ वर्षीय युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असोज २०७७
  • 8.3K
    Shares

डुबेर मृत्यु

फेवातालमा नुहाउने क्रममा डुबेका २२ वर्षीय एक युवकको सोमबार मृत्यु भएको छ। मृतक धादिङ्ग घर भै हाल पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने सुरज नगरकोटी रहेका छन्।

सोमबार दिउसो तालमा डुबेका नगरकोटीलाई सशस्त्र र नेपाल प्रहरीको टोलीले खोजी गर्ने क्रममा तालमा मृत फेला पारेको प्रहरीले जानकारी दिएको छ।

उनको शबलाई पोस्टमार्टमका लागि साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जनाएको छ।

फेवातालमा डुबेर मृत्यु भएका सुरज नगरकोटीलाई तालबाट बाहिर निकाल्दै सुरक्षाकर्मॆ

प्रतिक्रिया
सम्बन्धित समाचार