घुस लेनदेन गर्ने बुटवलस्थित राजश्व कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस लेनदेन गर्ने बुटवलस्थित राजश्व कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असोज २०७७
  • 2.7K
    Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई रु दुई लाख घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया