शनिबार एकैदिन ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि हुँदा १७ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ३, ललितपुर, मकवानपुर, रुपन्देही र सर्लाहीका २/२ तथा भक्तपुर, धादिङ, नवलपुर, बाँके, दाङ, स्याङ्जाका एकएक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छसय २१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। थपिएका यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ५६८४ पुगेको हो।
पछिल्लो २४ घण्टामा १२२९ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ७४२५२ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित ३० हजार ८ सय १८ रहेका छन्।