पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा खेतीपातीका लागि पानीको अभाव देखिएपछि कृषि विकास बैंक बगर शाखाले सिचाईको लागि दुई थान पानी ट्याङकी दिएको छ।
सो बैंकले एक कार्यक्रमको आयोजना गरेर ५–५ हजार लिटरका दुई थान ट्याङकी दिएको हो ।
पानीको अभाव देखिएको कास्कीकोटमा किसानले बर्षादको समयमा आकाशबाट पर्ने पानीलाई उक्त ट्याङकीमा सङ्कलन गरेर सिचाईको लागि प्रयोग गर्ने बताइएको छ।
त्यस हस्तान्तरण कार्यकरममा पोखरा महानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडा कार्यालय, बैंक ब्यबस्थापन र स्थानीय किसानबीच हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले कास्कीकोट जस्तो कृषि योग्य जमिन भएको ठाउँमा कृषि उत्पादनमा सिचाईको अभाव हुन नदिनको लागि बैंकद्धारा उपलब्ध गराएको ट्याङकी एक्दमै उपयोगि हुने बताए। तर उनले पिडित किसानका लागि ठुलो रकम दिन नसके पनि त्यति सानो रकमको सहयोग गर्ने बारे केही बोलेनन्।
कृषि बिकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघूनाथ न्यौपानेको अध्यक्षतामा भएको त्यस कार्यक्रममा कृषि विकास बैंकका बगर शाखाका प्रबन्धक मोति प्रसाद पौडेल र पोखरा महानगरपालिका कार्यलय कृषि महाशाखाका जेटिए पुनम कुवँरले आ–आफ्ना भनाइहरु राखेका थिए ।
स्वागत मन्तव्य बैंकका वरिष्ठ अधिकृत विश्व बास्तोलाले राखेको त्यस कार्यक्रम संचालन कार्यलयका कर्मचारी लक्ष्मण पाठक र समुहका उपभोक्ता रेशम गिरीले गरेका थिए ।