सरकारी र वरिष्ठ चिकित्सक गोविन्द केसी पक्ष बीचको वार्ता निष्कर्षबिहीन, तर निष्कर्ष नजिक

सरकारी र वरिष्ठ चिकित्सक गोविन्द केसी पक्ष बीचको वार्ता निष्कर्षबिहीन, तर निष्कर्ष नजिक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०७७
  • 3.3K
    Shares

सरकारी पक्ष र वरिष्ठ चिकित्सक गोविन्द केसीबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।
शिक्षा सचिव गोपी मैनालीसहितको टोलीसँग केसी पक्ष बुधबार साँझ शिक्षा मन्त्रालयमा वार्तामा बसेको थियो। तर, केही गृहकार्य गर्नुपर्ने भन्दै दुवै पक्ष वार्तास्थलबाट बाहिरिएका छन्।

वार्ता जारी नै रहेको केसी पक्षले बताएको छ। ‘वार्ता सकारात्मक भए पनि केही गृहकार्य गर्नुपर्ने भएकाले हामी पुन: बस्नेछौं,’ केसी पक्षबाट वार्तामा बसेका डा. जीवन क्षेत्रीले भने, ‘दुवै पक्ष सकारात्मक नतिजा निकाल्न प्रयासरत् छ।’

सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ ।

शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ ।

कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् । सरकारी वार्ता टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, निकै सकारात्मक छलफल भएको छ । छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि सहमति खोज्छौं ।’

डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । डा. केसीले के भने भन्ने बाहिर ल्याइएको छैन । तर आज सरकार र डा. केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतले बताएको छ ।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ-६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् । डा. केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार