प्रकृति मानव केन्द्रित जनअभियान कास्कीले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरी डा. डा गोविन्द केसीको आमरण अनसनप्रति समर्थन गर्दै उनीसंग सरकारले गरेका सहमतिहरुलाई वेवास्ता गर्ने प्रवृत्तिलाई नदोहोर्याउन माग गरेको छ।
प्रकृति मानव केन्द्रित जन अभियान कास्कीका अध्यक्ष तिलक प्रसाद पुर्जा पुनद्वारा जारी बिज्ञप्तिमा डा गोविन्द केसीले अघि सारेका मागहरु आम नेपाली गरिब पिडीत जनताको पक्षमा रहेको ठहर गरिएको छ।
डा गोविन्द केसीले पीसीआर परिक्षण व्यापक र निशुल्क गरि लकडाउनको अन्त्य गर्नु पर्ने , चिकित्सा शिक्षा ऐनमा समायानुकुल र उचित संशोधन हुनुपर्ने ,स्वास्थ्य क्षेत्रमा राजनैतिक नियुक्ति बन्द गरि वरिष्ठताको आधारमा नियुक्ति गरिनुपर्ने, दिगो र निशुल्क स्वास्थ्य सेवा लागु गर्नुपर्ने , स्नातक तहमा खुल्ला तर्फ ७० प्रतिशत सिट कायम गरिनु पर्ने र बाँकी ३० प्रतिशत सिट गरिब र जेहेन्दार विद्यार्थीहरुको लागि आरक्षित गरिनु पर्ने, मेडिकल माफिया र भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका मागहरु राखेर बिगत २६ दिनदेखि आमरण अनसन बसिरहेका छन्।
डा. केसीका माग समबन्धमा छलफल गर्न सरकारले वार्ता टोलि बनाई वार्ता समेत शुरु गरेकोमा स्वागत गर्दै प्रकृति मानव केन्द्रित जनअभियान कास्कीले “पटक पटकका अनसनहरुमा वार्ता गर्ने, सहमति गर्ने र सहमति लागु नगर्ने वा वेवास्था गर्ने प्रवृत्तिका श्रृंखलाहरु अव नदोहरियोस् ” भनेर सरकारसँग आग्रह गरेको छ।